हुस्सु-कुहिरोका कारण उडान प्रभावित

२०७९ पुष ७ गते, बिहीबार


काठमाडौं । आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् । मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रममा रहेको बताए । उनका अनुसार नयाँ मौसमी प्रणाली अहिले नेपालमा छैन । आज र भोलि पानी पर्ने सम्भावना पनि छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु