चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

२०७९ फाल्गुन २५ गते, बिहीबार

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी गैंडा मृत फेला परेको छ । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत सेरी पोष्ट नजिक निकुञ्जको कोर क्षेत्रमा अन्दाजी २० बर्षको भाले गैंडा मृत फेला परेको जनाएको हो । बुधबार बिहान गस्तीका क्रममा खाग र खुर सुरक्षित अवस्थामा रहेको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैंडा आपसमा जुँधेर मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । चालु आर्थिक वर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १३ गैंडा मृत फेला परेका छन् । ती मध्ये ३ गैंडा चोरी सिकारीले मारेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु