हिमपहिरोमा परी ३ आरोहीको मृत्यु

२०७९ चैत्र २९ गते, बुधबार

काठमाडौं । सगरमाथाको हिमपहिरोमा परी ३ जना शेर्पा आरोहीको मृत्यु भएको छ । आज सगरमाथा आरोहण गर्ने क्रममा खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ मुनि हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन शेर्पा आरोहीको मृत्यु भएको हो ।
हिमपहिरोमा परि ज्यान गुमाउनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । उनीहरुको अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत खोजी कार्य भइरहेको बताइएको छ । शव खोँचमा परेका कारण शव निकाल्न अप्ठ्यारो भइरहेको बताइएको छ । उनीहरु इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणका लागि गाइडको भूमिकामा रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार