फ्लाइ दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक !

२०८० बैशाख १२ गते, मंगलवार


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा उनीहरूमाथि प्रवेशमा रोक लगाएको हो । फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराए । तर‚ फ्लाइ दुबईले ट्वीट गर्दै चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले अनुसन्धानमा चरा ठोक्किएको कुरा पुष्टि नभएको जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु