आठ वर्षमा दुई सय बीस गैंडा मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले आठ वर्षमा दुई सय बीस वटा गैंडा मरेको जनाएको छ । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आठ वर्षमा दुई सय बीस गैंडा मरेका हुन् । ६४ वटा गैंडा बुढो भएर मरेका हुन् भने १९ वटा गैंडा दलदलमा फसेर तथा बाढीले बगाएर मरेको निकुञ्जले जनाएको छ ।
यस्तै, एकापसमा जुधेर ५१ वटा, बाघको आक्रमणबाट २० वटा, चोरी शिकारीबाट नौ वटा, करेन्ट लागेर आठ वटा, बिरामी भएर १२ वटा, खाडलमा परेर तीन वटा, विष सेवनबाट पाँच वटा गैंडा मरेको पनि निकुञ्जले जनाएको छ । २९ वटा गैंडाको भने मृत्युको कारण थाहा हुन नसकेको बताइएको छ ।