सात वर्षमा ३० वटा बाघ मरे !

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा सात वर्षमा ३० वटा बाघ मरेका छन् । निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ३० वटा बाघ मरेका हुन् । ती बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको निकुञ्जले जनाएको छ । ८ वटा बाघ बुढो भएर मरेका हुन् भने आपसमा जुधेर ८, उपचारका क्रममा ५, बिरामी भएर १, विष सेवनबाट ३ र ५ वटा बाघको भने मृत्युको कारण थाहा हुन नसकेको बताइएको छ ।
यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा १, २०७३/०७४ मा ४, २०७४/०७५ मा ६, २०७५/०७६ मा ८ बाघ मृत भेटिएको थियो । आव २०७६र०७७ मा ३, २०७७/०७८ मा २ र २०७८/०७९ मा ६ वटा बाघ मृत भेटिएका थिए । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।