प्राधिकरणका महानिर्देशक अधिकारीसंग स्पष्टीकरण माग

२०८० असार १२ गते, मंगलवार


काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको नीतिविपरीत चलेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले महानिर्देशक अधिकारीलाई सात दिनभित्र स्पष्टीकरणसहित प्रस्तुत हुन निर्देशन दिएको हो । महानिर्देशक अधिकारीमाथी उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको,उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ ।
सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भएपनि त्यसनीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिएको अधिकारीमाथी आरोप छ । महानिर्देशकमा नियुक्त भएपछि अधिकारीले २ वटा यात्रुबाहक विमान र ३ वटा हेलिकप्टरहरु दुर्घटना भएको लगायतका विषय उल्लेख गर्दै स्पष्टीकरण सोध्ने मन्त्रालयले निर्णय गरेको हो । पर्यटन मन्त्रालयले अधिकारीलाई हवाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको,एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएको आरोप लगाएको छ ।
पोखरा विमानस्थलको प्रमाणीकरण गरेको,फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको लगायतका आरोप महानिर्देशक अधिकारीमाथी लगाइएको छ । पोखरा विमानस्थलको सञ्चालनमा ल्याउन छिनडाँडा काट्दा आर्थिक हानि नोक्सानी पु¥याएको लगायतका विषयमा पनि स्पष्टकीरण सोधिएको छ । तर,महानिर्देशक अधिकारीले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताए ।
महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफुले दिन नसक्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]