मत्स्यनारायण मेला शुरु

काठमाडौँ । ‘मत्स्यनारायण मेला’ शुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । पुरूषोत्तम महिना भर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने गर्दछन । पुरूषोत्तम महिनाभर सो मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने जनविश्वास छ।