पशुपति मन्दिर क्षेत्रभित्र मासु र मदिरा निषेध

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजको अवसरमा पशुपति क्षेत्रभित्र मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको छ ।
सो कार्यालयले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ । यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु