छिन्नमस्तामा १० लाख तीर्थालु आउने आंकलन

२०८० आश्विन २९ गते, सोमबार

काठमाडौँ । छिन्नमस्ता शक्तिपीठमा दशैंको पहिलो दिनदेखि तीर्थालुको भीड सुरु भएको हो । सप्तरीको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता(सखडा)शक्तिपीठमा करिब १० लाख भक्तजन आउने गाउँपालिकाले जनाएको छ ।छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानाथ चौधरीले भने – ‘दशैंमा नेपाल तथा भारतको विभिन्न ठाउँबाट करिब १० लाख भक्तजन आउने आकलन गरेका छौैं, भक्तजनहरु आउन सुरु भइसकेको छ। ’
उनले यो पटक अन्य समयमा भन्दा व्यवस्थित रुपमा दशैंमा हुने पुजा, आरधानामा आउने भक्तजनलाई व्यवस्थापन गर्ने बताएका छन् । गाउँपालिकाले मन्दिर समिति र जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, उपप्रमुख, सशस्त्र प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय लगायतसँग छलफल गरेर सुरक्षा योजना समेत बनाएको छ ।
‘दशैँभरि मन्दिर आसपासमा साँझ ७ बजेदेखि वितरणमा पूर्णरोक लगाउने, अन्य समयमा मदिरा खाएर हल्ला गरे तत्काल कारबाही गर्ने, मन्दिर व्यवस्थापनको लागि नेपाल प्रहरी खटाउने लगायत निर्णय गरिएको छ,’अध्यक्ष चौधरीले भने ।
अघिल्लो वर्षहरुमा भन्दा यो पटक कडा सुरक्षा व्यवस्था, एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरेको चौधरीले बताउदै भने- ‘यो वर्ष ठूलो संख्यामा भक्तजन आउने भएका छन् । भारतबाट आउने भक्तजनहरुलाई भारतीय नम्बर प्लेटको गाडी मन्दिर आउनलाई रोक नलगाउने समेत भएको छ। ’
गाउँपालिकाले सप्तरीको पहिचान बनेको छिन्नमस्तालाई आन्तरिक र बाह्य धामिर्क पर्यटक ल्याउने गन्तव्यको रुपमा विकास गरिरहेको छ । गाउँपालिकाको अघिल्लो साता मन्दिर व्यवसाथपन समितिसँग खर्च र आम्दानीको विवरण खोजेको थियो ।
शक्तिपीठको मुकुट फेरिएको विषयमा गाउँपालिकाले लिखित जवाफ माग गरेको थियो । भारतीय सिमनाबाट २ किलोमिटर मात्रै उत्तर तर्फ पर्ने छिन्नमस्तामा नेपाल र भारत गरी वर्षमा ३० लाखसम्म धर्मावलम्बी आउने गरेका छन् । अध्यक्ष चौधरीले ती मध्ये सबैभन्दा धेरै विजयादशमीमा आउने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पोखरा–छेन्दु उडान हुँदै

२०८१ फाल्गुन २८ गते, बुधबार

तिम्बुङ पोखरीः पर्यटनको नयाँ गन्तव्य

२०८१ फाल्गुन २५ गते, आईतवार