एकै महिनामा १ लाख १७ हजार जना पर्यटक भित्रिए

२०८० कार्तिक १६ गते, बिहीबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा नेपालमा १ लाख १७ हजार ३ सय ६ जना पर्यटक आएका छन् । यो सङ्ख्या कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ को तुलनामा ६ प्रतिशतले धेरै हो । अक्टोबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ४ सय ८० जना पर्यटक आएका छन् । यस्तै अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय १६, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ जना पर्यटक आएका छन् । यो अङ्ग्रेजी वर्षको १० महिना अर्थात् जनवरीदेखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार