सिन्धुलीमाडीमा फुड फेस्टिभल हुँदै

२०८० पुष १८ गते, बुधबार


काठमाडौँ । सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकासँगको समन्वयमा खानाका पारखीहरुलाई थप स्वाद दिलाउने उद्देश्यले सिन्धुलीमाडीमा फुड फेस्टिभल आयोजना गरिने भएको छ ।
सिन्धुलीमाढीको खुलामञ्चमा पुस २७ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलको मूल उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र स्थानीय परिकार तथा उत्पादनको प्रचार प्रसार गर्ने रहेको आयोजकले जनाएको छ ।
सिन्धुली पर्यटन, कृषि, व्यापार, उद्योग, साँस्कृतिक तथा फूड फेस्टिभल २०८० नाम दिइएको उक्त फेस्टिवल ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्ने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अस्विन थापा मगरले बताए ।
दश दिनसम्म संचालन हुने फेस्टिभलमा स्थानीय कला संस्कृतिको जगेर्ना, मौलिक बाजा गाजा, स्थानीय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा बिक्री वितरण र नेपाली खानाको परिकारहरुको स्टलहरु रहने आयोजकले जनाएको छ ।
फेस्टिवलमा दैनिक उपभोग्यका सामग्री, खाद्यान्न तथा विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पलहरुको बिक्री वितरणका लागि २ सय स्टलहरु राखिने जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार