सौराहामा पर्यटकको ओइरो

२०८० पुष २४ गते, मंगलवार

काठमाडौँ । चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाई छ ।
पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् ।
२०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ । सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको सङ्ख्या बढ्यो

२०८१ चैत्र ११ गते, सोमबार

पोखरा-छेन्दु नियमित उडान

२०८१ चैत्र ४ गते, सोमबार