धरानमा विमानस्थल अनुपयुक्त

२०८० फाल्गुन १५ गते, मंगलवार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले बताएको छ । साथै, आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।
धरानमा विमानस्थल बनाउनुपर्ने धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङले दबाव दिइरहेका छन् । त्यसपछि सरकारले समिति बनाएर यहाँ विमानस्थल आवश्यक रहे–नरहेको बारे अध्ययन गरेको थियो । सोही अध्ययन आधारमा धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा प्राधिकरण पुगेको हो ।
धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको तथा विभिन्न प्राविधिक र सञ्चालनमा आउने कठिनाइले विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार