ब्राजिलमा ‘एक्स्पो नेपाल २०२४’

२०८० फाल्गुन १९ गते, शनिबार


काठमाडौँ । नेपाली दूतावास र रक सिद्धि प्रालिको संयुक्त आयोजनामा ब्राजिलको राजधानी ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’ भइरहेको छ। एक्स्पोको शुक्रबार औपचारिक समारोहमा उद्‍घाटन भएको हो। ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, कानुन उपमन्त्री, संघीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी संघ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसंघका अध्यक्ष लगायतको उपस्थिति रह्यो।
कार्यक्रममा मन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गरेको गर्दै दूतावासले आयोजना गरेको कार्यक्रमले दुई देश बीचको सम्बन्धमा नयाँ आयाम ल्याउने बताए।
नेपाली दूतावासको निमन्त्रणामा समारोहमा २० भन्दा बढी देशका राजदूतहरु सहभागी भए। अतिथिहरुलाई स्वागत गर्दै ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध बारेमा बताएका थिए।
एक्स्पो नेपाल २०२४ का माध्यमले ब्राजिलियनलाई नेपालसँग जोड्न सहज हुने उनले बताए। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले ब्राजिलमा रहेको दूतावासको सक्रियतामा आयोजना भएको एस्पोले ब्राजिलियनहरुलाई नेपाल घुम्नै पर्ने देश हो भनेर प्रचार गर्ने भनाइ राखे। दूरीको हिसाबले नेपाल टाढा भए पनि ब्राजिल जस्तो ठूलो अर्थतन्त्र भएको मुलुकलाई नेपालमा जोड्न दूतावासले गरेको प्रयास सकारात्मक रहेको उनले बताए।
नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशीले ब्राजिलियनलाई भौगोलिक र प्राकृतिक हिसाबले समेत मिल्दोजुल्दो नेपालमा निर्धक्क घुम्न र लगानी गर्न आग्रह गरे। नेपालका विविध क्षेत्रका बारेमा जानकारी दिने उद्देश्यले आयोजित एक्सोमा नेपाली व्यवसायीसउ २२ वटा स्टल छन्। स्टलमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक टुर प्याकेजहरु, नेपाली परिकार, गलैंचा, कला संस्कृति झल्काउने काठका सामग्रीहरु प्रदर्शनीमा छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार