मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

२०८० फाल्गुन २१ गते, सोमबार


काठमाडौँ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको ताप्लेजुङ फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोका अनुसार समितिद्वारा विनियोजित रु २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको हो । जम्मा दुई हजार ५० मिटरको प्राविधिक लागत अनुमान गरिएको उक्त योजनामा १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको छ ।
अध्यक्ष लेछर्बोले उपभोक्ता समितिद्वारा स्थानीयस्तरबाट श्रमदान जुटाएर १२२ मिटर बढी पदमार्ग निर्माण गरिएको जानकारी दिए ।
यसैगरी, उपभोक्ता समितिका सचिव इन्द्र लेछर्बोले उक्त पदमार्ग हुँदै फुरुम्बो, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाका स्थानीय पाथीभरा मन्दिर जाने गरेको बताए।
एक मिटर २० सेन्टिमिटर चौडासहितको पदमार्ग निर्माण भएसँगै पाथीभरा ओहोरदोहोरमा सहजता हुन थालेको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार