गणेश हिमाल गएका पदयात्री अलपत्र

२०८१ कार्तिक २९ गते, बिहीबार


काठमाडौँ । गणेश हिमाल गएका १६ जना पदयात्री गणेश हिमाल बेस क्याम्प नजिकै फसेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरेले उनीहरू लेक लागेर बिरामी समेत परेको जानकारी दिंदै उनीहरूको उद्धारका लागी हेलिकप्टर समेत गएको तर हिजो दिनभरीको प्रयासमा पनि उद्धार गर्न नसक्दा थप समस्या आएको बताए ।
घिमिरेले दुई जना गम्भीर बिरामी परेको खबर आएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा उनीहरूको उद्धार गर्न नेपाली सेनको हेलिकप्टर पठाइएको जानकारी दिए। उनीहरूको उद्धारका लागी नेपाल प्रहरीसहित स्वास्थ्यकर्मीहरूको टोली पनि सो क्षेत्रतर्फ पठाईसकेको छ ।
पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय धादिङ र रुबीभ्याली गाउँपालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमणमा गएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार