सत्यवती मेला सुरु

काठमाडौँ । गुल्मीको ठूलो लुम्पेकस्थित सत्यवतीमा मेला सुरु भएको छ । हिजो साँझदेखि सुरु भएको उक्त मेलास्थलमा दर्शनार्थीहरुको भीडभाड सुरु भएको छ । मेलामा गुल्मी, बाग्लुङ, पर्वत, स्याङ्जा, अर्घाखाँची, प्युठानलगायतका जिल्लाहरुबाट मेलामा आइपुगेका छन् । यसपटकको मेलाको मुख्य आकर्षक ठूलो नचरी, सोरठी र सत्यवतीमा रहेको लाली गुराँसका मूर्ति तथा चित्रकलाहरु रहेका छन् ।
उक्त मेलामा लोकदोहोरी कलाकार अर्जुन सापकोटा, सुदीप सिंजाली मगर, टिका पुनलगायतको प्रस्तुति समेत रहने बताइएको छ ।
आदिबासी संस्कृतिमा आधारित ठूलो नचरीको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि प्रतियोगितात्मक सहभागिता गरिनेछ । त्यस्तै झाम्रे, सालैजो, ख्याली, विभिन्न नाचहरुको प्रस्तुति समेत रहनेछ । स्थानीय कलाकारहरुको शसक्त प्रस्तुति समेत रहने जनाइएको छ ।