‘विराट एक्स्पो’ माघ ११ देखि

२०८१ पुष २६ गते, शुक्रबार


काठमाडौँ । ‘विराट एक्स्पो’ माघ ११ देखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने भएको छ। उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना गर्न लागेको हो । संगठनले आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना हुने जनाएको छ ।
‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ थिममा एक्स्पो २०२५ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने, उद्यमीरव्यवसायीबीच व्यवसायिक सम्बन्ध विकास र नयाँ प्रविधि पहिचान स्थापित तथा नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ ।
संगठनले २०५३ मा पहिलो एक्स्पोको रूपमा कोशी महोत्सव आयोजना गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पोमध्ये छुट्टै पहिचान र ब्राण्डका रूपमा स्थापित भएको संगठनको दाबी छ । आठौ संस्करणको विराट एक्स्पोले नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षामा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दैछ । संगठनले विगत तीन वर्षदेखि सेन्टर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार