कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदै

२०८१ चैत्र २७ गते, बुधबार


काठमाडौँ । आज कोशी पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदैछ। प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्ष आरम्भ गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्तिम समयमा नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरम्भ गर्ने छन्।
पर्यटन वर्षको लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ। पर्यटन वर्षमा कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई सजिलोका लागि नाकाहरूमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ । स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बिच बाटोमा जाँच नगर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार