जुलाईमा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक भित्रिए

२०८२ श्रावण १८ गते, शनिबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ जना विदेशी पर्यटक नेपाल आएका छन्। बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या अघिल्लो वर्षको यहि महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो। सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ जना विदेशी पर्यटक नेपाल आएका थिए।
बोर्डका अनुसार महामारीपूर्वको अवस्था सन २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ प्रतिशत रिकभरी गरेको छ। सन २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ जना अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ।
जुन महामारीपछिको कुनै पनि वर्षको तुलनामा उच्चतम आगमन हो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभर फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको बताए।
जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ जना अर्थात ३८.७ प्रतिशत पर्यटक आएका छन। दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना ९९.८ प्रतिशत, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना ९९.४ प्रतिशत, बंगलादेशबाट ४ हजार ४ सय १३ जना ९६.३ प्रतिशत र बेलायतबाट ३ हजार ५ सय ४७ जना ९५.१ प्रतिशत पर्यटक नेपाल आएका हुन्।
क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एशियाली मुलुकहरूबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना र अन्य एशियाली मुलुकहरूबाट १३ हजार ५२ जना, युरोपबाट ९ हजार २९२, अमेरिकाबाट १२ हजार ७७५, ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७, मध्यपूर्वबाट ८२६ जना, अफ्रिकाबाट ३१८ र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना आएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राप्ती नदीमा १३३ गोही छाडियो

२०८२ श्रावण १६ गते, बिहीबार

आज विश्व बाघ दिवस

२०८२ श्रावण १४ गते, मंगलवार

जलजला जोड्ने पदमार्ग निर्माण

२०८२ श्रावण ५ गते, आईतवार