इन्द्रजात्रा सुरु

२०८२ भाद्र १९ गते, बिहीबार


काठमाडौँ । आजदेखि इन्द्रजात्रा विधिवत् रुपमा प्रारम्भ हुने भएको छ। आज विहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौं उपत्यकामा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ हुने बताइएको छ। ।
गुठी संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ। सो पश्चात २६ गते बेलुका १०ः३२ बजे इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ।
इन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा सुरू गरिएको थियो। सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो। उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको गुठी संस्थानले जानकारी दिएको छ।
इन्द्रजात्राको लिङ्गो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरूको जिम्मेवारी हुनेछ भने इन्द्रजात्रामा सम्पादन गरिने कार्यको सम्पूर्ण व्यवस्थापन तथा नेतृत्व गुठी संस्थानले गर्दै आएको छ।
इन्द्रजात्राको सन्दर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाइन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हिमाल आरोहण शुल्क बढ्यो

२०८२ भाद्र १७ गते, मंगलवार

पर्यटक आगमनमा वृद्धि

२०८२ भाद्र १६ गते, सोमबार

डोल्पामा १ सय २० वटा हिउँ चितुवा

२०८२ भाद्र १३ गते, शुक्रबार

पोखराबाट सिधै अष्ट्रेलिया उडान

२०८२ भाद्र १२ गते, बिहीबार