लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान

२०८२ कार्तिक २१ गते, बिहीबार


काठमाडौँ । नागरिक उडड्यन प्राधिकरण लुक्लाले लुक्ला विमानस्थलवाट दैनिक एक सय ६० वटासम्म उडान हुने गरेको जनाएको छ ।लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले विश्वको सर्वोच्च शिखर सगरमाथा जानका लागि एक मात्रै विमानको रुट यही विमानस्थल भएकाले उडानको चाप बढेको बताए । पछिल्ला दिनहरुमा विभिन्न विमान कम्पनीहरुले दैनिक औसत ६० भन्दा बढी उडान भर्दै आएको र हेलिकप्टरहरुको समेत उडान गणना गर्दा दैनिक एक सय ६० भन्दा बढी उडान भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।
सिनियर एटिसी अफिसर झाले हिजो मात्रै तारा एयरलाइन्स, सीता एयरलाइन्स र समिट एयरलाइन्सले ८० उडान गरेका थिए भने हेलिकप्टरहरुले २ सय बढी उडान गरेको जानकारी दिए ।
झाका अनुसार बुधबार विमानहरुले ६० र हेलिकप्टरहरुले एक सय भन्दा बढी उडान गरेका छन् । लुक्लामा हवाईमार्गबाट मात्र दैनिक १५ सय पर्यटकको आवतजावत हुने गरेको छ । हवाईमार्ग बाहेक पदमार्गमा पनि बाह्य पर्यटकहरुको आवातजावत निकैबढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

दुर्लभ पन्छी चिरकालिज भेटिए !

२०८२ कार्तिक १९ गते, मंगलवार

भिजिट भिसामा नयाँ मापदण्ड लागू

२०८२ कार्तिक १५ गते, शुक्रबार