भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधनभेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजको निधन

काराकास– दुई वर्षदेखि प्राणघातक रोग क्यान्सरसँग संघर्ष गरिरहेका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा निधन भएको छ । आफूलाई २१ औं शताब्दीको समाजवादी र अमेरिकी साम्राज्यवादको शत्रुका रुपमा चिनाउन चाहने चाभेजलाई मन्दविष दिएर मृत्युको मुखमा पु-याएको दोष अमेरिकामाथि लगाइएको छ । करिब १४ वर्ष भेनेजुयलाको सर्वाेच्च पदमा रहेका चाभेजको स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थियो । उनको निधन भएको घोषणा गर्ने क्रममा उपराष्ट्रपति निकोलास मादुरोले राष्ट्रपति चाभेजलाई मन्दविष दिइएको हुनसक्ने अनुमानसमेत गरेका थिए । चाभेज स्वयंले पनि जीवित हुँदा आफ्नो हत्या गर्ने षडयन्त्र अमेरिकाले रचेको बताउने गरेका थिए ।सोही सम्बोधनकै क्रममा मादुरोले अमेरिकी दूतावासका एक कर्मचारीलाई भेनेजुएला सरकारविरुद्ध षडयन्त्र रचेको भन्दै देश निकाला गरिएको घोषणासमेत गरे । अमेरिकी विदेश मन्त्रालयले ती आरोपलाई अस्वीकार गरेको छ । भेनेजुएलाको संविधान अनुसार ३० दिनभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने हुन्छ । त्यतिन्जेल उपराष्ट्रपति मादुरो अन्तरिम राष्ट्रपति हुनेछन् । – एजेन्सी