युद्धमा हराएका सैनिक ३३ वर्षछि भेटिएयुद्धमा हराएका सैनिक ३३ वर्षछि भेटिए
काठमाडौँ । तत्कालिन सोभियत संघको सहयोगमा भएको अफगान युद्धका क्रममा हराएका एक सैनिक ३३ वर्षछि जिवितै फेला परेका छन् । युद्धका बेला घाइते भई हराएका सैनिक अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा फेला परेका हुन् । पूवसोभियत संघअर्न्तर्गत् मध्यएसियाली राज्य उज्वेकिस्तानका नागरिक बख्रेदिन खाकिमोभ नामका ति सैनिक अहिले शेख अब्दुल्लाहको नाममा अफगानिस्तानमा आयुर्वेद उपचार गर्दै फिरन्ते जीवन बिताइरहेको अवस्थामा फेला परेका हुन् । सोभियत युद्धमा सहभागी सेनाको एक समितिले एक वर्षलामो खोजपछि अब्दुल्लाहलाई फेला पारेको हो । हराउदा २० वर्षा रहेका अब्दुल्लाह अझै पनि युद्धको चोटबाट मुक्त हुन नसकेको, निकै कमजोर रहेको समितिले जनाएको छ । उहाँले पछिल्लो तीन दशकमा आफन्तहरुसँग सर्म्पर्क गर्ने प्रयास समेत नगरेको र रसियन भाषा समेत लगभग बिर्सिसकेको समितिको भनाइ छ । सोभियत युद्धका बेला हराएका २ सय ६४ सैनिकमध्ये २९ जनालाई समितिले लामो खोजीपछि फेला पारेको छ । जसमध्ये २२ जना स्वदेश फर्किएका छन् भने ७ जना अफगानिस्तानमै बसेका छन् । सन् १९८० मा तत्कालिन सोभियत संघले अफगान सरकारको आग्रहमा इस्लामिक मुजाहिद्दीन लडाकुविरुद्ध गरेको संर्घष्ाका क्रममा १५ सय जना सोभियत सैनिक र दश लाखभन्दा बढी अफगान नागरिक मारिएका थिए । – एजेन्सी