चाभेजको पार्थिब शरीरलाई सुरक्षित राख्न कठिन

२०६९ चैत्र ३ गते, शनिबार


काठमाडौँ । भेनेजुएलाका पूवराष्ट्रपति हृयुगो चाभेजको पार्थिव शरीरलाई सुरक्षित राख्न अत्यन्त गाह्रो हुने कायमुकायम राष्ट्रपति निकोलस मडुरोले बताएका छन् । राष्ट्रपति चाभेजको ५८ वर्षो उमेरमा गत मार्च ५ का दिन निधन भएको थियो । उनी करिब दुइ वर्षेखि क्यान्सर रोगबाट पीडित थियो । उनको शरीरलाई समाधिमा नलगीकन संरक्षित र सुरक्षित रुपमा संग्रहालयमा राखिने भनी यसअघि प्रचार गरिएको थियो । तर, अहिले आएर त्यसरी शरीर राख्न निकै गाह्रो पर्ने भेनेजुएलाको सरकारले जनाएको छ । भेनेजुएला र ल्याटिन अमेरिकी राष्ट्रमा समेत प्रख्यात रहेका चाभेजको अन्त्येष्टिपछि पनि उनको पार्थिब शरीरलाई सैनिक संग्रहालयमा सुरक्षित राखिने घोषणा गरिएको थियो । तर, प्राविधिक कारणले सो कार्य अत्यन्त कठिन हुने मडुरोले बताएका छन् । सरकारले निर्ण्र्ाानै नगरिसकेको भए पनि सो कार्य गाह्रो भएको स्पष्टिकरण उनले दिएको बताइएकोछ । चाभेजको पार्थिब शरीरलाई यस्तै रुपमा राख्ने कार्यको प्राविधिक सहयोगका लागि रसिया र जर्मनीबाट वैज्ञानिकहरु आएका र ती वैज्ञानिकहरुले पनि सो कार्य असम्भव नै जस्तो भएको बताएका मडुरोले बताएका हुन । चार वर्षो अवधिमा चार पटक शल्यक्रिया भइसकेको उनको केही दिन अगाडि राजधानी काराकासमा रहेको सैनिक अस्पतालमा निधन भएको थियो । उनको लोकप्रियताका लागि अरु ल्याटिन अमेरिकी राष्ट्रहरुले पनि उनको शरीरलाई राख्न सुझाव दिएका थिए । गत शुक्रबार राजधानी काराकासमा भएको चाभेजको शवयात्रा र अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रपति एवं प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]