अवैध सम्बन्ध राख्नेलाई मृत्युदण्ड
काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका सैनिक अनवार उद दिनलाई एकजना बालिकासँगको अवैध सम्बन्ध आरोपमा ढुङ्गाले हानेर मृत्युदण्ड दिइएको छ । पच्चीस वषर्ीय ती सैनिकलाई पाकिस्तानको जातीय बाहुल्यता रहेको जिल्ला पर्चिनारको कुराम जिल्लाको जातीय परिषद्ले सो मृत्युदण्डको सजाय सुनाएको थियो । अनवार उद दिनलाई स्थानीय एक बालिकासँग अवैध सम्बन्ध रहेको आरोप लगाइएको थियो । उक्त परिषद्ले पनि सोही आरोपमा उनलाई ढुङ्गाले हानेर मृत्युदण्ड दिने सजाय सुनाएको हो । उनलाई दण्ड दिनका लागि उपस्थित गराइएको र्सार्वजनिक स्थानमा ४० देखि ५० जना नागरिक उपस्थित रहेका थिए । उनीहरुले ढुङ्गाले हानेर ती युवकको हत्या गरेका थिए । समाचारमा भनिएको छ- उनलाई सो स्थलमा उपस्थित गराउँदा त्यहाँ जम्मा भएका व्यक्तिले ढुङ्गा हान्न थालेका थिए र मृत्यु हुँदासम्म ती युवकमाथि ढुङ्गा प्रहार गरिएको थियो । रक्ताम्मे भएर लडेका ती युवकको रगत बगेरै एकैछिनमा निधन भएको थियो- उक्त जातीय परिषद्का एकजना अधिकारीले आफ्नो नाम नबताउने शर्तमा प|mान्सेली समाचार समितिलाई जानकारी दिएका छन् । आफ्नो परिवारको सहमतिविना कुनै पनि महिला र पुरुषले कुनै पनि किसिमको सम्बन्ध राखे भने त्यसलाई पाकिस्तानका कतिपय स्थानमा अनैतिक मानिन्छ । पाकिस्तानको विशेषगरी उत्तरपश्चिमी क्षेत्रमा परम्परावादी एवं रुढीवादी समाज छ र त्यो समाजमा यस्ता क्रियाकलापलाई अपराधका रुपमा लिई मृत्युदण्ड नै दिने गरिन्छ । उक्त क्षेत्रमा अफगानिस्तानका तालिवानी तथा कट्टरपन्थी मुस्लिम समुदायको बाहुल्यता रहेको छ । सो क्षेत्रमा विश्व आतङ्ककारी सञ्जाल अल कायदाको पनि प्रभाव रही आएको छ । यस्तो आरोपमा अथवा परिवारको मान प्रतिष्ठमा आँच पुर्याएको आरोपमा पाकिस्तानमा बर्सर्ेे सयौँ जना मारिने गर्दछन् ।
त्यसैगरी पाकिस्तानमा यसरी महिला वा पुरुषलाई मृत्युदण्ड दिने कठोर प्रचलन रही आएको छ । तर, यसरी ढुङ्गा हानेर मार्नु भने अन्यको तुलनामा केही कम मात्रामा हुने गर्दछ । ती युवकलाई सोही स्थानकी एक १८ वषर्ीया युवतीसँग सम्बन्ध रहेको आरोप लगाइएको छ । उनलाई पनि मृत्युदण्ड दिनसक्ने अनुमान गरिएका समाचारहरु आएको भए पनि त्यस विषयमा भने स्थानीय सरकारले केही भनेको छैन । ती युवतीले भने सो सम्बन्ध रहेका बारेमा अस्वीकार गरेकी छिन् । उनले आफूले ती सैनिकसँग सम्बन्ध नराखेको बताएकी छिन् । स्थानीय अधिकारीहरुले पनि ती युवतीको भविष्यका बारेमा केही बताएका छैनन् । उनीहरुले ती युवतीलाई हुनसक्ने कारबाहीका बारेमा केही दिनमै निर्ण्र्ाा हुने बताएका छन् । अफगानिस्तानसँग सीमाना जोडिएका सातवटा पाकिस्तानी जिल्लामा यस्ता दर्दनाक कारबाहीका घटना हुने गर्दछन् । – एजेन्सी