भेनेजुयलाको नयाँ राष्ट्रपतिमा मादुरो

काठमाण्डौ ,प्रतिद्वन्द्वी हेनरिक काप्रिल्सलाई पराजित गर्दै निकोलस मदुरो राष्ट्रपति निर्वाचित भएका हुन् । चुनावमा मादुरोले ५० दशमलव ७ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी हेनरिक काप्रिल्सले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका छन् । मादुरोलाई गत महिना दिवंगत भएका ह्यूगो चाभेजको उत्तराधिकारीका रुपमा हेरिएको छ । – एजेन्सी