अमेरिकामा विष्फोट सयौ घाइते

२०७० बैशाख ३ गते, मंगलवार


अमेरिका- अमेरिकाको बोस्टन सहरमा सोमबार राति भएको दुई विष्फोटमा ३ जनाको मृत्यु भएको छ । १ सय बढी व्यक्तिहरु घाइते भएका छन् । म्याराथुन भइरहेको स्थानमा उक्त विष्फोट भएको हो । विष्फोटको समयमा अमेरिकामा दिउँसोको २ बजेर ५० मिनेट हुँदै थियो ।प्रहरीका अनुसार दुवै धमाका केही सकेन्डको फरकमा म्याराथुन सकिने स्थानमा भएको हो । विष्फोट कसले गराएको खुलेको छैन । छानविनको जिम्मा एफबीआईलाई दिइएको छ । विष्फोटपछि पुरै अमेरिकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।अमेरिकी राष्ट्रपति बराक ओबामाले देशलाई सम्बोधन गर्दै विष्फोटका जिम्मेवारहरुले त्यसको मँहगो किमत चुकाउनुपर्ने बताएका छन् । उनले विष्फोट कसले र किन गराएको बारे खुल्न नसकेको तर जसले गराएपनि अमेरिकाले खोजी निकाल्ने चेतावनी दिएका छन् ।-बीबीसी

प्रतिक्रियाहरु

[anycomment]