अन्तरवार्ता लिँदालिँदै निधन

२०७० बैशाख ५ गते, बिहीबार


काठमाडौ । । उत्तरपश्चिम चीनको सिङ्जीआङ्ग उयुरमा अन्तरवार्ताका क्रममा नै एकजना पत्रकारको निधन भएको समाचार छ । सो क्षेत्रमा निर्माणाधीन एक भवनमा ती पत्रकार अन्तरवार्ता लिन पुगेकी थिइन् । ती महिला पत्रकारले अन्तरवार्ता लिइरहेको बेला निर्माणास्थलमा दुर्घटना भएको थियो ।
अन्तरवार्ता लिन दुई जना पत्रकार पुगेका बताइएको छ । सो दुर्घटनामा परी एकजनाको घटनास्थलमै निधन भएको बाइएको छ ।अर्का एकजना पत्रकार गम्भीर रुपमा घाइते भएका बताइएको छ । ती घाइते पत्रकार पुरुष वा महिला को थिए भन्ने बारेमा केही खुलाइएको छैन ।उक्त समाचार उरुम्की इभिनिङ्ग न्युज नामक पत्रिकाको अनलाइन संस्करणले दिएको छ । ती पत्रकार सोही पत्रिकामा काम गर्दछन् ।
सो पत्रिकाको कार्यालयले पनि विज्ञप्तिमार्फत कार्यालयले एक महिला पत्रकार मृत्यु हुनुको साथै अर्का एक घाइते भएको जानकारी दिएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ बजे सो दुर्घटना भएको जनाइएको छ । दुर्घटना के कसरी भएको थियो भन्ने बारेमा भने केही खुलाइएको छैन । – सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]