मुसर्रफ पक्राउ

२०७० बैशाख ६ गते, शुक्रबार


काठमाडौं । इस्लामावादस्थित उच्च न्यायालयको फैसलापछि पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफलाई पक्राउ गरिएको छ । अदालतको फैसलाको भोलिपल्ट उनलाई इस्लामावादनजिकैको उनकै निवासबाट पक्राउ गरिएको हो । पक्राउलगत्तै उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्धा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको पाकिस्तानमा यो पहिलो घटना हो । उनी शासनमा रहँदा सर्वोच्च अदालतका न्यायाधीशलाई गैरकानुनी तरिकाले थुनामा राखेको मुद्धामा अदालतले उनलाई पक्राउको आदेश दिएको हो । सो अदालतले इस्लामावादका प्रहरी प्रमुखलाई अदालतमा हाजिर हुन आज शुक्रबार बोलाएको छ । प्रहरीकै सामुनेबाट अदालत परिसरबाट बाहिरिएका मसर्रफलाई पक्राउ नगरिएकोमा आदलतले त्यहाँको प्रहरी प्रमुखलाई बोलाएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]