सुर्ती व्यापारी राष्ट्रपति बने

काठमाडौं, । पारागुएमा कोलोराडो पार्टीमा सत्तामा पुगे सगै चुरोट व्यापारी होरासियो कार्टेस नयाँ राष्ट्रपति चुनिएका छन् ।कार्टेसले ४६ प्रतिशत मत प्राप्त गरी पाँच वर्षको पदावधिका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी -याडिकल लिबरल पार्टीका एफ्रेन अलेग्रेले ३७ प्रतिशत मत प्राप्त गरे। प्रायः मत गणना भइसकेपछि निर्वाचन अदालतले उक्त घोषाणा गरेको हो । पाँच अन्य उम्मेदवार निकै पछि परेका छन् ।आइतबार राती कार्टेसले आउँदो पाँच वर्षका लागि शासन गर्न आफूलाई पारागुएका सबै जनताको सहयोग आवश्यक भएको बताए । उनले गरिबी, युवा बेरोजगारी तथा अन्तर्राष्ट्रिय विषयहरू समस्याको रूपमा रहेको बताए ।
परागुएमा गरिबी व्यापक छ । कृषिजन्य यो मुलुकले भटमास, मकै तथा सूर्यमुखी फूल उत्पादन गर्छ । यस मुलुकको ७७ प्रतिशत कृषिभूमि एक प्रतिशत जनताको नियन्त्रणमा रहेको छ । संयुक्त राष्ट्र सङ्घले पारागुएका आधाभन्दा बढी जनता गरिबीमा बाँचिरहेको अनुमान गरेको छ भने यस मुलुको तथ्याङ्क विभागले यो सङ्ख्या ३९ प्रतिशत रहेको जानकारी दिएको छ ।
अलेग्रेले आफ्नो पराजय स्वीकार गरेका छन् । उनले परागुएका जनताले बोलेको र आफ्नो भन्ने कुरा नभएको बताए।
अन्ठाउन्न वर्षीय कार्टेस पारागुएका सम्भ्रान्त वर्गमा पर्दछन् र यस वर्गले पारागुएको सबै कुरामा नियन्त्रण कायम गरेको छ । उनका पिताले पारागुएमा केसना विमान सेवा सञ्चालन गर्दछन् । यसका कारण कार्टेसले अमेरिकाको ओक्लाहामामा शिक्षा प्राप्त गरेका हुन् ।
उनको नाममा बैङ्क तथा लगानी कोषका शेयर छन्, कृषि क्षेत्रहरू छन्, सोडा बनाउने कारखाना छ र सुर्ती खेत छ । निर्वाचन पूर्वका प्रायः सबै अभिमत सर्वेक्षणमा उहाँले विजय हासिल गर्ने अनुमान गरिएको थियो । उनि राष्ट्रिय फुटबल क्लब लिबर्टाडका अध्यक्ष पनि हुन, जसले गत वर्ष राष्ट्रिय फुटबल च्याम्पियनसिप जितेको थियो ।पारागुएका धेरै नागरिकले यस निर्वाचनका कारण आफ्नो मुलुकको वैदेशिक सम्बन्ध सुध्रने अनुमान गरेका छन् ।
नोबेल शान्ति पुरस्कार बिजेता ओस्कार एरियासले अमेरिकी राष्ट्रहरूको सङ्गठनको तर्फबाट निर्वाचनको सुपरीवेक्षण गरेका थिए। उनले निर्वाचन अदालतमा विश्वास गरिएको बताए। यस निर्वाचनलाई सङ्गठन, युरोपेली महासङ्घ, दक्षिण अमेरिकी मुलुकहरूको युनियन तथा ल्याटिन अमेरिकी निर्वाचन सङ्गठनहरूको युनियनका ५१५ सुपरीवेक्षकहरूले अनुगमन गरेका थिए । एरियासले केही स्थानमा सानातिना घटना घटेको स्वीकार गरे ।
यस निर्वाचनका लागि पारागुएका ६२ लाख जनसङ्ख्यामा ३५ लाख मतदाता रहेको र त्यसको ६८ प्रतिशतभन्दा बढी मत खसेको बताइएको छ । निर्वचनमा ४५ सिनेटर, ८० सांसद १७ गभर्नर तथा १८ प्रतिनिधिहरू निर्वार्चित भएका छन् ।
पारागुएका दशौँ लाख मतदाना विदेशमा बसोबास गर्छन् तर तीमध्ये २२ हजार मात्र अर्जेन्टिना, स्पेन तथा अमेरिकामा मतदानका लागि दर्ता भएका छन् । – एजेन्सी