सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास
दमासकस । सिरियाली प्रधानमन्त्री वाएल अल-हल्कीमाथि हत्याप्रयास भएको छ । उनि चड्को गाडीलाई लक्ष्य गरी विस्फोट भएको सिरियाली सरकारी टेलिभिजनले समाचार प्रसारण गरेको छ ।उक्त टेलिभिजनले माजेमा प्रधानमन्त्रीको गाडीमाथि आक्रमण गर्ने प्रयास भएको तर उहाँलाई चोट नलागेको समाचारमा उल्लेख गरेको छ । सिरियन अब्जरभेटरी फर हृयुमन राइट्सले हल्की चड्नुभएको गाडीलाई लक्ष्य गरी आक्रमण भएको र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको उल्लेख गरेको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हल्कीको चालक तथा अर्का एक अङ्गरक्षक गम्भीर रूपमा घाइते भएको उल्लेख गरे ।
घटनास्थलमा रहेका एएफपीका फोटोग्राफरले विस्फोटमा परी निकै गाडी नष्ट भएको बताए । उनले यसका कारण एक बस पनि जलेको जानकारी दिए । यसअघिका प्रधानमन्त्री रियाद हिजाब प्रतिपक्षीसँग मिल्न गएपछि हल्कीलाई सन् २०१२ को अगस्तमा प्रधानमन्त्री नियुक्त गरिएको हो । – एएफपी