नेदरल्याण्डमा नयाँ राजा

२०७० बैशाख १८ गते, बुधबार


नेदरल्याण्ड,– नेदरल्याण्डमा विलियम अलेक्जेण्डर नयाँ राजा घोषणा भएका छन् । ७५ वर्षीया रानी विट्र्क्सिले आफ्ना छोरा विलियम अलेक्जेण्डरलाई राष्ट्र प्रमुखको जिम्मेवारी दिएकी हुन् । विट्रिक्सले सन् १९८० देखि रानीको जिम्मेवारी बहन गर्दै आएकी थिइन् । उनलाई आमा जुलियानले रानी घोषणा गरेकी थिइन् ।नयाँ राजा चयनको खुसियालीमा राजधानी आम्र्सटडमस्थित राजदरवारमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा बेलायतका राजकुमार चाल्र्स र उनकी श्रीमती कामिला, जापानका युवराज नारुहितो र युवराज्ञी मासाकासहित १८ मुलकुका शाही पाहुनाको उपस्थिति थियो ।समारोहमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]