नौ बर्षदेखि सम्पर्कविहीन महिला भेटिए

२०७० बैशाख २४ गते, मंगलवार


काठमाडौ – नौं बर्षदेखि सम्पर्कविहीन रहेका तीन अमेरिकी महिलालाई एकै घरबाट प्रहरीले फेला पारेको छ । अमेरिकाको ओहायो राज्यबाट १४, १६ र ३२ बर्ष उमेर समूहका तीन जना अमेरिकी महिला सन् २००४ को जनवरीदेखि सम्पर्कविहीन बनेका थिए । विभिन्न शहरका ती महिलालाई प्रहरीले अमेरिकाकै स्लेभल्याण्ड शहरको एक घरमा फेला पारेको हो । ती महिलालाई बन्धक बनाएको आरोपमा घर मालिक ५२ बर्षिया महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पर्कविहीन महिला मध्ये एक महिलाको बच्चा साथमै रहेको बताइएको छ । बच्चासहित घरबाहिर निस्केका महिलाले सहयोगका लागि छिमेकीलाई गुहार्दा बेपत्ता महिला फेला परेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]