एटीएमबाट ४ करोड ५० लाख डलर चोरी
काठमाडौँ, – साईवर अपराधीहरुले प्रविधिको दुरुपयोग गर्दै विश्वभरीका एटिएम (अटोमेटिक टेलर मेसिन) बाट ४ करोड ५० लाख डलर चोरी गरेको अमेरिकी अधिकारीहरुले खुलासा गरेका छन् । साईवर अपराधीहरुले पहिले सम्बन्धित बैंकको वेबसाईट ह्याक गर्ने र गोप्य नम्बर पत्ता लगाएर नक्कली कार्डको सहायताले रकम झिक्ने गरेका छन् । साईवर अपराध गरी एटीएमबाट रकम चोरी गरेको अभियोगमा न्युयोर्कमा मात्रै सात जनालाई पक्राउ गरी छानविन भईरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । छानवीनमा संलग्न अधिकारीहरुका अनुसार आठौ व्याक्तिको हत्या भएको बताइन्छ । मास्क र बन्दुकको सट्टा ल्यापटप र ईन्टरनेटलाई हतियार बनाएर लुटपाट हुन थालेको घटनाप्रति अमेरिकी अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् । साईवर अपराधीहरुले विश्वभरीका एटीएमहरुबाट रकम चोरेको बताईएको छ । साईवर चोरहरुको जालो विश्वका २६ देशमा फैलिएको बताईएको छ । साईवर अपराधीहरुले ओमान, युएई नेपाल लगायतका देशमा नक्कली एटीएम कार्डहरु प्रयोग गर्ने गरेका छन् । विश्वका अरु देशमा पनि साईवर अपराध मार्फत एटीएमबाट रकम चोर्नेहरु विरुद्ध कानूनी कारबाही भईरहेको जनाईएको छ । ईन्टरनेटलगायतका सूचना प्रविधिले बैंकिङ कारोबारलाई विश्वब्यापी सञ्जालमा जोडेर सहज आथिर्क कारोबारको ढोका खोलेपनि सुरक्षा चुनौति पनि बढाएको देखिएको छ । = एजेन्सी