फिलिपिन्समा पैसा र मदिरामा प्रतिबन्ध

२०७० बैशाख २८ गते, शनिबार

काठमाडौँ । फिलिपिन्समा आउँदो साता हुने निर्वाचनमा मत खरिद गर्ने कामलाई निरुत्साहित गर्न तथा हिंसा हुन नदिन बुधबार जनतालाई ठूलो आकारमा रकम बोक्न तथा तथा मदिरा खरिद गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले सोमबारको मध्यावधि निर्वाचनसम्म बैङ्कहरूलाई कुनै पनि व्यक्तिलाई एक लाख पेसोभन्दा बढी उपलब्ध नगराउन आदेश दिएको छ । यसैगरी आयोगले कुनै पनि व्यक्तिलाई मतदान केन्द्र बन्द नभएसम्म पाँच लाख पेसोभन्दा बढी रकम बोक्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आयोगका प्रमुख सिक्सटो ब्रिलान्टेसले मत खरिद गर्न नगदको उपयोग नहोस् भनी यस्तो आदेश दिइएको पत्रकारहरूलाई बताए । भ्रष्ट नेता तथा उनीहरूका सहयोगीलाई निर्वाचन पूव रकम निकाल्न नदिन यो प्रतिबन्ध गोप्य राखिएको थियो । प्रतिबन्धप्रति व्यापारिक समूह तथा सरकारका अन्य निकायले बिरोध जनाएका छन् । केन्द्रिय बैङ्कले यो आदेश सही र कानुनी नभएको र यसले बैङ्क खाताको गोपनीयता सुनिश्चित गर्ने कानुन उल्लंघन गरेको आरोप लगाएको छ । यसबीच सामान्य मतदाताहरू केही लामो समयसम्म मदिरा सेवनबाट मुक्त हुने भएका छन् । यसअघि यस्तो अवधि निर्वाचन पर्ूवमा दर्ुइ दिन हुने गरेकोमा यस पटक पाँच दिन भएको छ । र्सार्वजनिकस्थलमा मदिरा बिक्री गर्न तथा उपभोग गर्न मङ्गबार बिहानसम्म प्रतिबन्ध लगाइएको छ । अधिकारीहरूले निर्वाचन अगाडि बन्दुक बोक्न नपाउने कानुन जनवरीदेखि नै कार्यान्वयन गरेका छन् । यस निर्वाचनमा मुलुकभरका १८ हजार पदका लागि प्रतिस्पर्धा हुनेछ । यस निर्वाचनमा स्थानीय परिषद्देखि संसद्को पदसम्मका लागि प्रतिस्पर्धा हुनेछ । फिलिपिन्समा राष्ट्रपतिको कार्यकाल छ वर्षा लागि तोकिएको छ र आउँदो निर्वाचन सन् २०१६ मा हुनेछ । फिलिपिन्सको प्रजातन्त्र हिंसा, र भ्रष्टाचारबाट ग्रस्त छ । राजनीतिज्ञहरूले निर्वाचनपर्ूव घूस दिने, दबाब दिने तथा हत्याजस्ता घटना गराउने गरेको आरोप लगाइन्छ । यहाँ निर्वाचन अगाडिका दिनहरू तनावपर्ूण्ा हुने गरेका छन् । सोमबार यहाँ एक मेयरका पति तथा उनका सुरक्षाकर्मीमाथि गोली प्रहार गरी मारिएको छ र निर्वाचनका क्रममा मर्नेको संख्या ५० पुगेको छ । फिलिपिन्समा सन् २००९ मा निर्वाचनसम्बन्धी एक आमहत्यामा ५८ व्यक्तिको ज्यान गएको थियो । – एएफपी

प्रतिक्रियाहरु

[anycomment]