मर्कल संसारकै शक्तिशाली महिला

२०७० जेष्ठ ११ गते, शनिबार

काठमाडौँ । फोब्सको शक्तिशाली महिलाको सूचीमा जर्मन चान्सलर एन्जेला मर्कल लगातार तेस्रो पटक पहिलो स्थानमा रहन सफल भएकी छिन् । उनीपछि दोस्रो नम्बरमा ब्राजिलियन राष्ट्रपति डिल्मा रुसेफ आएको सो पत्रिकाले जनाएको छ । फोब्सको वाषिर्क सूचीमा विश्व राजनीति, व्यापार, सञ्चारमाध्यम, मनोरञ्जन, प्रविधि र गैरनाफामूलक क्षेत्रका प्रभावशाली महिलालाई समावेश गर्ने गरिन्छ । ‘पैसा, सञ्चारमाध्यममा उपस्थिति र उनीहरुको प्रभावका आधारमा यो सूची तयार पारिएको हो,’ फोब्सले आफ्नो वेबसाइटमा लेखेको छ । संसारका सय शक्तिशाली महिलाको सूचीमा तेस्रो स्थानमा बिल एन्ड मेलिण्डा गेट्स फाउन्डेसनकी मेलिण्डा गेट्स रहेकी छन् । चौथो स्थानमा अमेरिकी प्रथम महिला मिचेल ओबामा र छैठौँमा पूवअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन छिन् । उनी सन् २०१६ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिकका तर्फाट उम्मेदवार बन्ने सम्भावना प्रबल छ । भारतीय काँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी नवौँ स्थानमा छिन् । पेप्सीकी सीआईओ इन्द्रा नुइ दसौँ स्थानमा आएकी छिन् । मिडियाकर्मी ओपराह विन्स्प|mे १३ औँ स्थानमा छिन् ।
त्यसैगरी, अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज २६ औँ स्थानमा छिन् । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी २९, अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड २८ र थाई प्रधानमन्त्री यिङलक सिनावात्रा ३१औँ स्थानमा छन् । ‘यो वर्षा शक्तिशाली महिलामा व्यक्तिगत ब्रान्ड र निवेश गर्ने प्रवृत्ति बढेको पाइएको छ । हामीले यो सूची तयार गर्न थालेको १० वर्षभइसकेको छ । यस्तो घडीमा यो नयाँ प्रवृत्ति उत्साहजनक छ ।’ फोब्स वुमनकी अध्यक्ष तथा प्रकाशक मोइरा फोब्सले बुधबार भनिन् । ‘सिंगापुरदेखि साउदी अरेबिया, बेलायतदेखि अमेरिका र अन्य क्षेत्रमा सय प्रभावशाली महिलाले हामी बस्ने विश्वमा दीघकालीन प्रभाव पारिरहेका छन् ।’ आफ्नो वक्तव्यमा उनले अगाडि थपिन् । अन्तर्रर्ााट्रय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्ड सातौँ स्थानमा छिन् भने विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गेट चान ३३औँ स्थानमा छिन् । सेलिब्रिटीको हकमा राष्ट्रसंघकी दूत एन्जेलिना जोली ३७, साकिरा ५२, बियोन्स १७ नम्बरमा छन् । १० वर्षलामो इतिहासमा फोब्सले तीन वर्षमर्कलको नामलाई सबैभन्दा शक्तिशालीमा दरेको छ । शक्तिशाली र्सीइओमा मेग हृविटम्यानकी हिउलेट-प्याक्यार्ड १५आँ स्थानमा, फेसबुककी सीआईओ शेर्ली स्यार्न्बर्ग छैठौँमा र याहुकी र्सीइओ म्यारिस्सा मेयर ३२आँ स्थानमा रहेका छन् । सूचीमा रहेका २४ महिला सीआईओले सन् २०१२ मा कुल ८ सय ९३ अर्ब डलर बराबर सम्पत्ति भएको कम्पनीहरुलाई नेतृत्व दिएका छन् । त्यसैगरी, सूचीमा रहेका आठ महिला राष्ट्रप्रमुखले ९ दशमलव ९ टि्रलियन डलर बराबरको कुल गार्हस्थ उत्पादन भएको मुलुकको नेतृत्व गरेका छन् । यति मात्र होइन, यो वर्षफोब्स सूचीमा पर्ने १ सय महिलालाई सन् २०१३ मा टि्वटरमा १५ करोड मानिसले ‘फलो’ गरिरहेको पनि फोब्सले जनाएको छ । यो वर्षसूचीमा दुइ नयाँ अर्बपति महिला पनि परेका छन् । टोरी बर्क र स्याक्सकी सारा ब्लेकली यो पटक सूचीमा प्रवेश गरेका हुन् । यो सूचीमा १४ अर्बपति महिला छन् । त्यसैगरी, यो पटक सूचीमा १५ जना नवप्रवेशी छन् । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुएन-हे ११ औँ स्थानमा आएकी छिन् । अघिल्ला वर्षसूचीमा परेका १५ महिला यो वर्षपरेका छैनन्, जसमा लाउरा प्याङ, सिन्थिया प्यारोल र एलिस वाल्टन आदि छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]