समलिङ्गी विवाह संबन्धि कानुनको विरोध
समलिङ्गी विवाहलाई मान्यता दिने कानुनको विरोधमा फ्रान्सको राजधानी पेरिसमा झण्डै डेढलाख मानिस सडकमा उत्रिएका छन् ।तर प्रदर्शनकारीले भने झण्डै दश लाख मानिस सडकमा उत्रिएको दावी गरेका छन् । ठाउँ ठाउँमा भएको झडपमा प्रहरीले १ सय भन्दा धेरैलाई गिरफ्तार गरेको छ ।समलिङ्गी विवाहलाई मान्यता दिने विधेयकलाई राष्ट्रपति फ्रान्स्वा होल्याडले एक हप्ताअघि प्रमाणित गर्नुभएको थियो । विधेयकले समलिङ्गी जोडीले धर्म पुत्रपुत्री राख्न पाउने कानुनी बाटो समेत खुलेको छ ।
प्रदर्शनकारीहरुले समलिङ्गी विवाह अप्राकृतिक भएको बताएका छन् । यो विधेयकको विषयमा फ्रान्समा लामो समयदेखि बहस हुँदै आएको छ ।एक हप्ताअघि एक इतिहासकारले विधेयकको बिरोधमा गोली हानेर आत्महत्या गरेका थिए । विधेयक प्रमाणित गरेको भन्दै प्रदर्शनकारीको निसानामा राष्टपति परेका छन् ।
फ्रान्स समलिङ्गी विवाहलाई मान्यता दिने संसारको १४ औं देश हो ।