बग्दादमा ११ स्थानमा विष्फोट , ६६ को मृत्यु

२०७० जेष्ठ १४ गते, मंगलवार

बग्दाद, १४ जेठ । इराकको राजधानी बग्दादमा भएको श्रृंखलाबद्ध कार बम बिष्फोटमा परी ६६ जनाको मृत्यु भएको छ भने अन्य केही गम्भीर घाइते भएको समाचार छ ।११ स्थानमा छुट्टाछुट्टै विष्फोट गराइएको थियो । शिया समुदायलाई लक्षित गरीे विष्फोट गरिएको बीबीसीले जनाएको छ ।पछिल्लो समयमा इराकमा बढेको राजनितीक र साम्प्रदायिक हिंसा बढिरहेको अवस्थामा विष्फोट पनि खिनहु जसो बढिरहेको छ । सोमबार भएको विष्फोट महत्वपुर्ण क्षेत्रलाई लक्षित गरी गरिएको बुझिएको छ ।उक्त विष्फोटमा बच्चाहर पनि मारिएको समाचार छ । उक्त विष्फोट कसले र किन गरायो अहिले सम्म खुल्न सकेको छैन ।इराकमा पछिल्लो वर्षदेखि बहुसंख्यक शिया मुस्लिम समुदाय र सुन्नी मुसलमानबीच तनाब बढिरहेको देखिन्छ
।हिंसाले तीब्रता पाउन थालेपछि स्थानीयले भने सरकारको चर्को आलोचना गर्न थालेका बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]