अमेरिकाले इरानमाथि सञ्चार उपकरण बिक्रीको प्रतिबन्ध हटायो

२०७० जेष्ठ १७ गते, शुक्रबार

जेठ १७ – अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ ।कडा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरुलाई कम्प्यूटर, ट्याब्लेट, मोबाइल फोन, सफ्टवेयर, स्याटेलाईट रिसिभर र अरु व्यक्तिगत प्रयोगमा आउने सञ्चार उपकरण बिक्री खुला भएको छ ।सञ्चार उपकरण र सप्mटवेयर इरानी नागरिकलाई बिक्री गर्न पाइने छ तर सरकार र विशेष सूचीमा परेका नागरिक भने निर्यातको लाइसेन्स पाउनबाट वञ्चित हुनेछन् ।अमेरिकी वित्त विभागले प्रतिबन्ध हटाइएपछि त्यसबाट इरानी नागरिकले यसअघि कहिल्यै नपाएको सञ्चार स्वतन्त्रता पाउने दावी गरेको छ । आणविक कार्यक्रम रोक्न दबाब दिने उद्देश्यले अमेरिकाले केही वर्षयता इरानमाथि विभिन्न खाले प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]