किर्जिस्तानमा सङ्कटकाल घोषणा

२०७० जेष्ठ १७ गते, शुक्रबार

किर्जिस्तान, १७ जेठ । किर्जिस्तानमा क्याडीयाली लगानीमा रहेको एक सुनखानी वरीपरी शुक्रबार सङ्कटकालको घोषणा गरिएको छ । किर्जिस्तानका राष्ट्रपति अल्माज्बेक आताम्बेएभले सो सङ्कटकाल घोषणा गर्नुभएको हो क्यानाडाली लगानीमा रहेको किर्जिस्तानको कुम्टार सुनखानीमा राष्ट्रियकरणको माग गर्दै सुरु भएको प्रदर्शनले उग्ररुप लिएपछि सो क्षेत्रमा सङ्कटकाल घोषणा गर्नुपरेको जनाइएको छ । यस खानीमा दर्जनौ प्रदर्शनकारीले विद्युतीय स्टेसनलाई आफ्नो कब्जामा लिएर त्यहाँको विद्युतीय लाइन समेत काटिदिएका बताइएको छ ।
यसपछि सुरक्षा बलले ९२ जना प्रदर्शनकारीलाई गिरफ्तार गरेका जनाइएको छ । प्रहरीले ती प्रदर्शनकारीलाई कब्जामा लिएपछि शुक्रबार बिहान हजारौँ स्थानीयवासीले जुलुस निकालेका जनाइएको छ । राष्ट्रपति अत्माज्बेकले सो क्षेत्रमा स्थानीय समयअनुसार राती ९ बजेबाट बिहान ६ बजेसम्म आगामी जुन १० सम्मका लागि कफ्यु आदेश जारी गर्नुभएको छ । -एएफपी

प्रतिक्रियाहरु

[anycomment]