अमेरिकामा आँधी, चौधको मृत्यु
सिकागो, १९ जेठ– अमेरिकाको मध्यपश्चिमी राज्यहरुमा शुक्रबार साँझदेखि आएको टोर्नाडो नामक आँधीबाट कम्तीमा पनि १४ जनाको ज्यान गइसकेको छ । सो आँधीबाट ज्यान गुमाउनेहरुमा दुई बालबालिकासमेत रहेका समाचारमा बताइएको छ । स्थानीय समयअनुसार शनिबारसम्म सो आँधीमा परी १४ को मृत्यु भएको जनाइएको छ । अमेरिकाको ओक्लोहामा राज्यका स्वास्थ्य अधिकारीहरुका अनुसार ओक्लोहामा सहरमा मात्र नौ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी मिसौरी राज्यलगायत अन्य सहरहरुमा आँधीपछि आएको बाढीमा परी पाँचव्यक्तिको मृत्यु भएको जनाइएको छ । यस आँधीबाट ७० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा उल्लेख छ । शुक्रबार राति अकस्मात सो आँधी आएको र त्यसमा परी शुक्रबार नै एकजना बालक र उनकी आमासहित पाँचको ज्यान गएको जनाइएको थियो । सो क्षेत्रमा गत महिनामा पनि सो आँधी आएको थियो । आँधीमा परी सो समयमा दर्जनौँ नागरिकको ज्यान गएको थियो । अमेरिकी अधिकारीहरुले सो आँधीबाट ठूलो जनधनको क्षति भएको थियो । प्राप्त समाचारमा उक्त आँधीमा परी भएको सम्पूर्ण क्षतिको विवरण आउन सकिरहेको छैन । आँधीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट पीडितको उद्वारका साथै आँधीबाट भएको क्षतिको विवरण सङ्कलनका लागि उद्वारकर्मीहरु खटिएका पनि समाचारमा जनाइएको छ । – एजेन्सी सिकागो, १९ जेठ– अमेरिकाको मध्यपश्चिमी राज्यहरुमा शुक्रबार साँझदेखि आएको टोर्नाडो नामक आँधीबाट कम्तीमा पनि १४ जनाको ज्यान गइसकेको छ । सो आँधीबाट ज्यान गुमाउनेहरुमा दुई बालबालिकासमेत रहेका समाचारमा बताइएको छ । स्थानीय समयअनुसार शनिबारसम्म सो आँधीमा परी १४ को मृत्यु भएको जनाइएको छ । अमेरिकाको ओक्लोहामा राज्यका स्वास्थ्य अधिकारीहरुका अनुसार ओक्लोहामा सहरमा मात्र नौ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी मिसौरी राज्यलगायत अन्य सहरहरुमा आँधीपछि आएको बाढीमा परी पाँचव्यक्तिको मृत्यु भएको जनाइएको छ । यस आँधीबाट ७० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा उल्लेख छ । शुक्रबार राति अकस्मात सो आँधी आएको र त्यसमा परी शुक्रबार नै एकजना बालक र उनकी आमासहित पाँचको ज्यान गएको जनाइएको थियो । सो क्षेत्रमा गत महिनामा पनि सो आँधी आएको थियो । आँधीमा परी सो समयमा दर्जनौँ नागरिकको ज्यान गएको थियो । अमेरिकी अधिकारीहरुले सो आँधीबाट ठूलो जनधनको क्षति भएको थियो । प्राप्त समाचारमा उक्त आँधीमा परी भएको सम्पूर्ण क्षतिको विवरण आउन सकिरहेको छैन । आँधीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ । सो क्षतिबाट पीडितको उद्वारका साथै आँधीबाट भएको क्षतिको विवरण सङ्कलनका लागि उद्वारकर्मीहरु खटिएका पनि समाचारमा जनाइएको छ । – एजेन्सी