अमेरिकामा अन्धाधुन्द गोली प्रहार

२०७० जेष्ठ २५ गते, शनिबार

अमेरिका, २५ जेठ– अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । दुई जनाको हत्या भने घरभित्रै आगो लगाएर गरिएको पनि खबर छ । क्यालिफोर्नियाको लस एञ्जेल्सको पश्चिम सैटा मोनिकास्थित ३४ हजार विद्यार्थी अध्ययनरत एक कलेजनजिक सो घटना भएको हो । घटनाका बेला भने कलेज बन्द थियो । थुपै्र बन्दुक बोकेको सो बन्दुकधारीले भीडभाड भएको स्थानमा अकस्मात कार र बसमाथि लक्षित गर्दै गोली बर्साएका थिए । उनले गोली बर्साउन थालेपछि भागाभाग मच्चिएको थियो । उनले गोली चलाएको देख्नेबितिक्कै प्रहरीले जवाफी प्रतिकार गरेको थियो । प्रहरीको प्रतिकारमा बन्दुकधारी पनि मारिएका छन् । सो घटना हुँदा राष्ट्रपति बाराक ओबामा पाँच किलोमिटर टाढाको एक कार्यक्रममा हसभागी थिए । हत्यारा र हत्याको नियतबारे प्रष्ट भइसकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]