जियाको सुसाईड नोट सार्वजनिक

मुम्बई । बलिउडमा जिया खानको आत्महत्या भएको ४ दिनमा फेला परेको सुसाइड नोट प्रहरीलाई बुझाईएता पनि गोप्य राखिनु पर्ने उक्त सुसाइड नोटे सार्वजनिक भएको छ ।६ पन्नाको सुसाइड नोटमा उनले लेखेकी छन् अब मैले बाँच्नुपर्ने कुनै कारण छैन् । म माया चाहन्थेँ । मैले तिम्रो लागि धेरैथोक गरेँ । म हाम्रो लागि काम गरिरहेको थिएँ ।मेरो भविष्य बर्वाद भयो । मेरा खुशीहरु लुछिए । तिमीले मेरो मायालाई कहिल्यै महत्व दिएनौं । मलाई लत्यायौं । अब ममा कुनै साहस र हिम्मत बाँकी छैन् । मेरा सबै सीप र आकांक्षाहरु तिमीले लग्यौ । तिमीले मेरो जीवन बर्बाद बनायौ,सुसाईड नोटमा जियाले प्रेमी सुरजको पटक–पटकको शारीरिक तथा मानसिक प्रताडनाका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेकी बताइएको छ ।
सुसाईड नोटमा जियाले प्रेमी सुरजको पटक–पटकको शारीरिक तथा मानसिक प्रताडनाका कारण आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेकी बताइएको छ ।सुसाईड नोटमा जियाले सुरजसँग प्रेम र त्यसपछिको शारीरिक सम्बन्धका कारण बसेको गर्भ पनि तुहाएको उल्लेख गरेकी जनाइएको छ ।
त्यस्तै सुरजले विवाहको वाचा गरेर पछि त्यसलाई नकारेका कारण मानसिक रुपमा विक्षिप्त भएर आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको जनाइएको छ ।अर्कोतर्फ जियाकी आमाले पनि भारतीय मिडियासँग कुरा गर्दै जियाले कुनै हतास या आवेशमा नभई वीभत्स मानसिक तथा शारीरिक प्रताडनाका कारण आत्महत्या गरेकी दाबी गरेकी छिन् ।उनले जियाको आत्महत्याका लागि सुरजलाई नै दोषी ठहर्याएकी जनाइएको छ ।
जियाकी आमाले सुरजले जियालाई आत्महत्या गर्न उक्साएको ठाडो आरोप समेत लगाएकी जनाइएको छ । अर्कोतर्फ सुसाईड नोट भनी भेटिएको चिठ्ठीपछि प्रहरीले थप अनुसन्धान जारी राखेको बताइएको छ
जिया खानकी आमाले उतm सुसाइड नोट प्रहरीलाई बुझाएकी थिईन । तर हाल उनले त्यसको फोटोकपी मात्र प्रहरीलाई उपलब्ध गराएको भारतीय संचार माध्यमहरुले जनाएको छ ।यद्यपि जियाकी आमाले सुसाईट नोट किन सार्वजनिक गरिन भन्ने कुरा भने सोचनिय देखिन्छ । यदि प्रहरी प्रशासनलाई दवाव दिन यस्तो ग।िरएको हो भने यसले अनुशन्धानमा थप समस्या बढाउन सक्दछ ।-एजेन्सी