विश्वको सबैभन्दा बृद्ध व्यक्तीको मृत्यु
काठमाडौ , २९ जेठ । विश्वकै सवैभन्दा बढी उमेरसम्म बाँचेका १ सय १६ बर्षीय बृद्धको मृत्यु भएको छ । जापानी अधिकारीहरुका अनुसार १९ औं शताब्दीका एकमात्र जिवित पुरुष जापानका जिरोमोन किमुराको मृत्यु भएको हो ।जापान सरकारले एक बिज्ञप्ती जारी गरी आज जापानको क्योटो अस्पतालमा स्वभाविक निधन भएको जनाएको छ ।गिनिज बुक अफ वल्र्ड रेकर्डमा गर्त बर्षको डिसेम्बरमा सबैभन्दा बढी उमेरको व्यक्तिका रुपमा किमुराले नाम दर्ता गराएका थिए ।
जिरोमोन किमुराको परिवारमा सात बच्चा, १४ नाती–पनाती, र २५ पलाती–पलातीनी सहित उनीहरुका १३ जना बच्चा छन् ।किमुराको जन्म १९ अप्रिल १८८७ मा भएको थियो । उनी एक सरकारी जागीरे थिए भने जागिरबाट निबृत भैसकेपछि पनि उनले नब्बे बर्षको उमेरसम्म खेतीपातीको काममा संलग्न थिए ।