महिला प्रधानमन्त्रीलाई जोडेर अश्लील मेनु
सिड्नी, ३० जेठ- अस्ट्रेलियाको विपक्षी दलले हालै आयोजना गरेको एउटा भोजमा प्रधानमन्त्री जुलिया गिलार्डको नाममा आइटम राखिएको विषयमा एक वरिष्ठ राजनीतिज्ञले बुधबार क्षमा माग्नुपरेको छ । सो भोजको मेनुमा प्रधानमन्त्री जुलिया गिलार्डको ‘सानो छाती’ र ‘ठूलो तिघ्रा’ नाम दिइएका खानेकुरा आइटमसमेत राखिएपछि विवाद चर्किएको थियो । पूर्ववर्ती सरकारका मन्त्री माल ब्रोग तथा गत सेप्टेम्बरमा भएको चुनावमा प्रतिपक्षी लिबरल नेसनल पार्टीका उम्मेदवार प्रधानमन्त्रीलाई जोडेर राखिएको अश्लील मेनुप्रति क्षमायाचना गरेका हुन् । सो मेनु गैरपार्टीका व्यक्तिले बनाएको भन्दै ब्रोगले मजाक गर्ने नियतले सो मेनु बनाइएको हुन सक्ने बताए ।
ब्रोगले आफूले सो मेनु नदेखेको र स्वीकार पनि नगरेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनलाई बताए । उनले सो मेनु दुःखको विषय भएको बताए । मार्चमा भएको जमघटमा तयार गरिएको मेनुुमा यस्तो खाना लेखिएको थियो, जुलिया गिलार्ड केन्टुकी फ्राइड क्वेल ः स्मल ब्रेस्ट एन्ड ह्युज थाई एन्ड ए बिग रेड बक्स । गिलार्डले गत वर्ष रूढीवादी विपक्षीले गत वर्ष महिलालाई होच्याउने टिप्पणी गरेको विरुद्ध लैंगिक युद्धलाई चर्काउने घोषणा गरेको भोलिपल्ट ट्विटरमा विवादास्पद मेनुको प्रतिक्रिया आएको हो ।
गिलार्डले आमनिर्वाचनमा विपक्षी लिबरल नेसनलले चुनावमा विजयी हासिल गरे महिलालाई सीमान्तकृत गर्ने बताउँदै आएकी थिइन् । अस्ट्रेलियाकै प्रथम महिला नेतृ गिलार्डले प्रतिपक्षी नेता टोनी एबोटले गत १४ सेप्टेम्बरको निर्वाचनमा विजयी भएको भए सरकार पुरुषले निर्देशित हुने उनले बारम्बार चेतावनी दिँदै आएकी थिइन् । यसैबीच, गिलार्डले सो मेनुले प्रतिपक्षी पार्टीको स्वभाव प्रतिबिम्ब भएको बताएका छन् । ‘ब्रोगको भनाइ अबोटको स्वभावसँग झल्किन्छ,’ उनले भनिन् ।
मार्चको अन्त्यमा आयोजना गरिएको भनिएको सो डिनर पार्टीमा २० जना सहभागी भएको बताइन्छ । मेनुमा पूर्वप्रधानमन्त्री केभिन रुड र अन्य दुई लेबर पार्टीका सभासद्लाई गिज्याइएको थियो । यसैबीच, ब्रोगले मेनुबारे आफूले केही नसम्झेको बताए । उनले सो मेनु पार्टीसँग असम्बन्धित व्यक्तिले बनाएको र खेदजनक कार्य भनी टिप्पणी गरेको अस्ट्रेलियाको ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ । उता, एक रेस्टुरेन्टका धनी जोई रिचार्ड्सले मेनुमा आफूले रमाइलो गरेको तर सार्वजनिक वितरणका लागि तयार नपारिएको बताएका छन् ।
ब्रोगलाई लेखेको पत्रमा रेस्टुरेन्टका मालिकले सो कुरा बताएका हुन् । ‘तर, दुर्भाग्यवश कर्मचारीले ‘मोक मेनु’ देखेछन् र मलाई थाहा नदिई फेसबुकमा पोस्ट गरेछन्,’ ब्रोगलाई रेस्टुरेन्ट मालिकले पठाएको पत्रमा लेखेको भनाइलाई सिड्नी मर्निङ हेराल्डले जनाएको छ । रिर्चाडले तेस्रो पक्षले राजनीतिक कुभावना राखी सो मेनु वितरण गरेको बताए । ‘म र मेरा छोराबीच भएको जोकले तपाईंलाई लजास्पद बनाएकोमा म दुःखित छु,’ उनले भनेका छन् । गिलार्ड अस्ट्रेलियाकी प्रथम महिला प्रधानमन्त्री हुन् ।- एजेन्सी