पूर्वी अफगानिस्तानमा आक्रमण
काबुल, ५ असार । पूर्वी अफगानिस्तानमा बुधबार बिहान सबेरै भएको एक आक्रमणमा चार नेटो सैनिकको मृत्यु भएको छ । उक्त जानकारी नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल(आइएसएएफ)ले बुधबार दिएको हो ।सो आक्रमणमा अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलका चार सदस्यको मृत्यु भएको आइएसएएफद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको हो ।
आइएसएएफको आफ्नो नीतिअनुसार मारिएका ती नेटो सदस्यको राष्ट्रियता र विस्तृत विवरण भने खुलाइएको छैन् ।तालिवानसँग युद्धरत नेटोसँगआबद्ध करिब एक लाख सैनिकमा प्रायः अमेरिकी सैनिकहरु रहेका छन् ।यस वर्षको सुरुदेखि हालसम्म अफगानिस्तानमा तालिवानसँग युद्धरत विदेशी सैनिकहरुमा ९१ जनाले तालिवान आतङ्ककारीको आक्रमणमा ज्यान गुमाईसकेका समाचारमा जनाइएको छ ।- सिन्ह्वा