मण्डेलाको स्वास्थ्यस्थिति गम्भीर
असार १० – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ ।
उपचारमा संलग्न डाक्टरहरुले राष्ट्रिपति ज्याकोब जुमासंग वितेको २४ घण्टामा मण्डेलाको अवस्था झन् बिग्रिएको बताएका हुन् ।राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा मण्डेलाको उपचारमा डाक्टरहरुले संभव भएसम्मको प्रयास गरेको उल्लेख गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि दुई हप्ताअघि प्रिटोरियामा रहेको अस्पतालमा भर्ना गरिएको थियो । उनि विरामी भएर यो वर्षमात्रै तीन पटक अस्पतालमा भर्ना भइसकेका छन् ।
गएको अप्रिलमा पनि निमोनिया भएपछि मण्डेलालाई १० दिनसम्म अस्पतालमा राखिएको थियो ।
काला जातिको मुक्ति आन्दोलनमा २७ वर्ष जेल जीवन बिताउनुभएका मण्डेला दक्षिण अफ्रिकाका पिताका रुपमा चिनिन्छन । दक्षिण अफ्रिाकामा सन् १९९४ देखि १९९९ सम्म मण्डेला राष्ट्रपति बनेका थिए ।