कतारमा नया राजा
कतार, ११ असार – कतारका प्रभावशाली राजा शेख हमद विन खालिफ अल थानीले आफ्ना छोरा युवराज शेख तामिम विन हमद अल थानीलाई मंगलबार विहान सत्ता हस्तान्तरण गरेका छन् । ६१ वर्षका राजाले गद्दी त्याग्दै ३३ वर्षका छोरालाई सत्ता सुम्पेका हुन् । सत्ता हस्तान्तरणको अवसरमा उनले देशमा राष्ट्रिय विदाको समेत घोषणा गरे । नयाँ राजा घोषणाको अवसरमा कतारका जनतामात्र होइन नेपालबाट काम गर्न त्यहाँ रहँदै आएकाहरु पनि विदा मनाइरहेका छन् । मानिसहरु पूर्व राजाको योगदानप्रति धन्यवाद र नयाँलाई स्वागत गरिरहेका छन् । ‘म कहिल्यै पनि व्यक्तिगत कारण शक्तिमा रहन नचाहेको ईश्वरलाई मात्र थाहा छ,’ राष्ट्र नेतृत्वबाट बाहिरिँदै गर्दै उनले भने, ‘राष्ट्रका लागि यो इतिहासको नयाँ पाना हुनेछ ।’ – एजेन्सी